काठमाडौं उपत्यकामा सुरक्षा ब्यवस्था कडा, अवाञ्छित गतिविधि गर्नेलाई ठाउँको ठाउँ कारबाही

काठमाडौं उपत्यकामा सुरक्षा ब्यवस्था कडा, अवाञ्छित गतिविधि गर्नेलाई ठाउँको ठाउँ कारबाही


काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहले बिहीबार (आज) गर्ने आम-हड्ताललाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा बिहानैबाट आवश्यक सुरक्षा ब्यवस्था कडा गरेको छ ।

आम हड्ताललाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको हो । राजधानीका बिजुली बजार, ,बबरमल, माइतीघर मण्डला ,न्युरोड लगायतका स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आमहड्तालका क्रममा अवाञ्छित गतिविधिहरु हुने संभावनालाई ख्याल गर्दै साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार साबिकको भन्दा पैदल, मोबाइल र पिकेट गस्ती बढाइएको छ ।

प्रहरीले आमहड्तालका क्रममा जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड गर्ने क्रियाकलाप गरिए नियन्त्रणमा लिएर ठाउँको ठाउँ कारबाही गर्ने भएको छ ।

Logo