ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज ९ सय रुपैयाँले घटेको हो । आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । मंगलबार स्थिर थियो भने बुधबार ६ सयले घटेको थियो ।

सुन आज प्रतितोला ९१ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९० हजार ६०० रुपैंयाँ रहेको छ ।

यता चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३०० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत साता नेपाली बजारमा सुनको मूल्य घटबढ रहिरह्यो । सुन आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो । सुन विहिबार प्रतितोला १ सयले घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो ।

Skip This
Logo