बार्सिलोनाकाे जितमा मेस्सीकाे गोल

बार्सिलोनाकाे जितमा मेस्सीकाे गोल


बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गरेको हो ।

घरेलु टोली भालेकानोका लागि ६३ औँ मिनेटमा गार्सिया टोरेसले गोल गरेर सुरुवाति अग्रता दिलाए । २ खेलकाे प्रतिबन्धपछिको खेलमा मेस्सीले ६९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

खेलकाे ८० औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गर्दै बार्सिलोनाकाे जित सुनिश्चित गरे ।

 

Skip This
Logo