पीएसजीको सहज जित

पीएसजीको सहज जित


फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएजी) ले निम्समाथि ३–० को सहज जित निकालेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलको १८औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । ३६औं मिनेटमा पाब्लो सारावियाले डि मारियाको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

६३औं मिनेटमा केलियन एमबाप्पेले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे । यो जितसँगै पीएसजी २३ खेलबाट ४८ अंक जोडेर तेस्रो स्थानमा छ ।

Logo