नेकपाका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा परेको मुद्दामाथि आज बहस हुने

नेकपाका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा परेको मुद्दामाथि आज बहस हुने


काठमाडौं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दामाथि सर्वोच्चमा आज बहस हुने भएको छ।

न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा बहस हुने भएको हो । प्रचण्डविरुद्ध सोमबार सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो ।

नेकपाले आयोजना गरेका विभिन्न सभामा प्रचण्डले अदालतका न्यायाधीशमाथि धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपमा अधिवक्ता समीर हायुले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

प्रतिनिधिसभा विघटनको विरोधमा रहेको नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले न्यायाधीशहरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विवेक नपुर्‍याए जनविद्रोह हुने चेतावनी दिएको र उनको यही भनाइले अदालतमाथि अवहेलना पुगेको रिट निवेदकले उल्लेख गरेका छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि सर्वोच्चमा अवहेलना मुद्दा परिसकेको छ।

प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक भन्दै वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, सुशीला कार्की, मीनबहादुर रायमाझी र अनुपराज शर्माविरूद्ध मुद्दा दर्ता भएको थियो ।

Logo