मुस्लिम समुदायको हकहितका लागि सामुहिकरुपले काम गर्ने अध्यक्ष अन्सारीको प्रतिबद्धता

मुस्लिम समुदायको हकहितका लागि सामुहिकरुपले काम गर्ने अध्यक्ष अन्सारीको प्रतिबद्धता


काठमाडौं ।

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिकरुपले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष अन्सारीले संविधानमा उल्लेख गरे अनुरुपको मुस्लिम आयोगको उद्देश्य पूरा गर्न तथा मुस्लिम समुदायको हकहित, अधिकार र सशक्तिकरणका लागि सामुहिकरुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । लामो समयदेखि मुस्लिम समुदायको हकहितको निम्ति काम गर्नेहरु आयोगको सदस्य भएर आएको भन्दै उनले आगामी दिनमा मुस्लिम समुदायको हितमा बढीभन्दा बढी काम गर्ने बताए ।

बुधबार विभिन्न संवैधानिक निकायका सदस्यहरुले सपथ ग्रहण गरेसँगै आ–आफ्नो कार्यालयमा उपस्थित भएका छन् । मुस्लिम समुदायको उत्थान र विकासको निम्ति मुस्लिम आयोगको वर्तमान समूहले अझ बढी काम गर्ने अध्यक्ष अन्सारीको भनाइ छ ।

Logo