‘माइकजीवी’ नरेश भट्टराई, जो काम र दाम दुवैले सन्तुष्ट छन् (भिडियोसहित)

‘माइकजीवी’ नरेश भट्टराई, जो काम र दाम दुवैले सन्तुष्ट छन् (भिडियोसहित)


काठमाडौं ।

नेपाली सञ्चार क्षेत्रमा निकै चर्चित नाम हो, नरेश भट्टराई । जो, २०५३ सालबाट सञ्चार जगतमा अनवरतरूपमा लागि रहेका छन् । सञ्चार जगतमा उनको नाम उचो त छँदैछ, सृजनात्मकताका हिसाबमा पनि उनी बहुआमिक व्यक्तिका रुपमा परिचित छन् ।

रेडियो, टेलिभिजनका थुप्रै कार्यक्रम सञ्चालनदेखि लिएर गीत लेखन, फिल्म लेखन, टिभिसी लेखन तथा मोडलिङ जस्ता थुप्रै काममा उनको परिचय व्यापक छ । देश विदेशका विभिन्न लाइभ कार्यक्रमहरूको उद्घोषणमा पनि उनको माग उच्च नै छ ।

तर, पछिल्लो समय भने कोरोना कहरका कारण नरेश भट्टराई उद्घोषण कार्यमा केही फुर्सदिलो बन्नु प¥यो । यद्यपि उक्त फुर्सदिलो समयले उनलाई कवि पनि बनायो । यहीँ समय अर्थात् ८ वर्षपछि उनले म्युजिक भिडियोमा पुनः मोडलको रूपमा कमब्याक गरे । त्यसकै निरन्तरता स्वरूप पछिल्लो समय म्युजिक भिडियोका लागि समय छुट्ट्याइरहेको बताउँछन् भट्टराई ।

समयसँग–सँगै आफूलाई त्यही अनूरुप ढाल्न सके मात्र जीवन सहज हुने बुझाई छ उनको । ‘मैले पढेर भन्दा धेरै परेर अर्थात् अनुभवका आधारमा काम गर्दै आएको छु, गर्दै सिक्दै अघि बढ्दै छु ।’ भट्टराई भन्छन्, ‘समयसँगै अघि बढिरहँदा यो समय म्युजिक भिडियोका लागि छुट्याएको हुँ, केही काम भइरहेको छ, दर्शक स्रोताले माया गरिरहनु भएको छ ।’

नरेशको जीवनमा एउटा रोचक प्रसङ्ग के छ भने, उनी बेला बेला आफ्नै पारिश्रमिकको विषयले चर्चामा आउँछन् । सञ्चारकर्मबाटै धेरै आम्दानी गर्ने ‘माइकजीवी’का रूपमा उनी चिनिएका पनि छन् । ‘राम्रै आम्दानी छ मेरो, जसले म लगायत मेरो परिवार सन्तुष्ट छ ।’ उनी पारिश्रमिक विषय स्वीकार पनि गर्दछन् । उनै ‘माइकजीवी’ भट्टराईसँग केन्द्रविन्दुका लागि मनोज न्यौपानेले गर्नु भएको विशेष भिडियो कुराकानी :

Logo