महिला लिग : एपीएफ २२–० ले विजयी, सावित्रा एक्लैको १२ गोल

महिला लिग : एपीएफ २२–० ले विजयी, सावित्रा एक्लैको १२ गोल


काठमाडौं ।

साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जीत निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जीतमा सावित्रा भण्डारी (साम्बा) एक्लैले १२ गोल गरिन् । यस्तै कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनिता बस्नेतले ३ गोल गरिन् ।

रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक एक गोल रह्यो । प्रतियोगिताकै कमजोर टीम चौदण्डीविरुद्ध एपीएफले पहिलो हाफमै १२ गोल गरेको थियो । यो जारी लिगमा अहिलेसम्मकै सर्वाधिक गोल हो ।

 

Skip This
Logo