राष्ट्रिय खेलकुद परिषद्ले ‘खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रिया’ कार्यक्रम गर्ने

राष्ट्रिय खेलकुद परिषद्ले ‘खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रिया’ कार्यक्रम गर्ने


काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मङ्गलबार खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउसो १ बजे उक्त कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग उक्त अन्तर्क्रिया गर्ने राखेपले आइतबार एक सूचना जारी गर्दै जानकारी गराएको छ । प्रधानमन्त्री ओलीले नेपाली खेलकुदका बारेमा जानकारी लिनेछन् भने उनले आवश्यक निर्देशन दिने राखेपले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदको विकास र विस्तार तथा समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, विभिन्न खेलका प्रशिक्षक, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति रहनेछ । सो अवसरमा युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सदस्य सचिव रमेशकुमार सिलवालले नेपालको खेलकुदको अवस्थाका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेछन् । खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीले सोझै प्रधानमन्त्रीसँग अन्तर्क्रिया गर्न पाउने राखेपले जनाएको छ ।

Skip This
Logo