कोभिड–१९ : आइतबारसम्म ८८ हजार बढीले लगाए खोप

कोभिड–१९ : आइतबारसम्म ८८ हजार बढीले लगाए खोप


काठमाडौं ।

नेपालमा आइतबारसम्म ८८ हजार बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा ८८ हजार ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रवक्ता गौतमका अनुसार प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकीमा १२ हजार ३११, लुम्बिनीमा १० हजार ७६०, कर्णालीमा पाँच हजार ५५६ र सुदूरपश्चिममा ६ हजार ८७७ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

प्रवक्ता गौतमका अनुसार पहिलो चरणको खोप अभियान अब पाँच दिनभित्र लिन अनुरोध गरिएको छ ।

‘पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता आधिकारिक परिचय–पत्र र संस्थाबाट प्रमाणिकरण गरेको विवरण र अन्य समूहको हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्रसहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी अबको पाँच दिनभित्र खोप लिन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

Logo