नेपालमा आज २७० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज २७० जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ जना पुगेको छ । आज २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३९० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९४८ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ५ हजार १२५ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ८४ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज १७२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९९ हजार ६७२, भक्तपुरमा ९ हजार ९१ र ललितपुरका १५ हजार ७२७ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २४ हजार ५३८ जना पुगेको छ ।

Logo