मोटरसाइकल चोरी अभियोगमा ७ जना पक्राउ

मोटरसाइकल चोरी अभियोगमा ७ जना पक्राउ


झापा । झापाका विभिन्न मिति र ठाउँबाट हराएका मोटरसाइकल तथा स्टकुटरहरू चोरी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इलाम माइ नगरपालिका-२ बस्ने क्षितिज भन्ने २२ वर्षीय रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, सोही नगरपालिका-६ बस्ने २० वर्षीय रोशन गिरी, ३० वर्षीय राजेश गिरी, २० वर्षीय मनिष गिरी, पाँचथर फाल्गुनन्द गाउँपालिका-३ घर भई हाल झापा विर्तामोड नगरपालिका-५ बस्ने रोशन भन्ने २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङ सिदिङवा गाउँपालिका-४ बस्ने २२ वर्षीय सन्दिप लिम्बु छन् ।

मोटरसाइकल तथा स्टकुटरहरू चोरी भएको भन्ने सवारी धनीहरूमार्फत प्राप्त निवेदन तथा सूचनाको आधारमा उक्त चोरी गर्ने मानिसको खोजी गर्ने क्रममा विर्तामोडका विभिन्न स्थानहरूवाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत झापाबाट चोरीजन्य कसूरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

Logo