बार्सिलोनाको शानदार जित

बार्सिलोनाको शानदार जित


स्पेनिस ला लिगामा बा‍र्सिलोनाले शानदार जित निकालेकाे छ । कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजम्यानको समान दुई गोल सहयोगमा ग्रानडामाथि ४–० को जित निकालेको हाे ।

ग्रानडामा शनिबार राति भएको खेलमा बार्सिलोनाले खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजम्यानको गोलबाट अग्रता लिएको थियो । ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । ६३औं मिनेटमा  ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को फराकिलो जित दिलाए ।

यो जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । तीन खेल कम खेलेको एट्लेटिकोको ३८ तथा रियलको ३७ अंक छ । बार्सिलोनाको ३४ अंक पुगेको छ ।

Logo