ट्रम्प ह्वाइटहाउसबाट हेलीमा बाहिरिए

ट्रम्प ह्वाइटहाउसबाट हेलीमा बाहिरिए


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति भवन छोडेका छन् । गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पराजित भएका ट्रम्पले चुनावी परिणाम उल्ट्याउने असफल प्रयास गरेका थिए । तर, उनको प्रयास सफल नभएपछि उनी बुधबार ह्वाइटहाउस छाड्न बाध्य भए।

जो बाइडेनले बुधबार नै राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन् । ट्रम्प ह्वाइटहाउसबाट बाहिरिएको भिडियो अमेरिकी सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् । श्रीमती मेलेनिया ट्रम्पसँगै डोनाल्डले ह्वाइटहाउसबाट अमेरिकी सेनाको हेलिकोप्टरबाट फ्लोरिडाका लागि उडान भरेका छन् ।

Logo