केन्द्रबिन्दु बुलेटिन : नेपालका लागि भारतद्वारा १० लाख डोज कोरोना खोप अनुदान (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : नेपालका लागि भारतद्वारा १० लाख डोज कोरोना खोप अनुदान (भिडियोसहित)


काठमाडौं ।
हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये भारतले नेपाललाई कोरोना भाइरसविरुद्ध १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको संयुक्त प्रेस सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज भ्याक्सिन भारतले अनुदान दिन लागेको जानकारी दिए । भ्याक्सिनको पहिलो खोप बिहीबार नै काठमाडौं आउनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ । बुधबारसम्ममा रिट निवेदकका तर्फबाट १८ कानून व्यवसायीको बहस सकिएको छ भने, बिहीबार पुनः रिट निवेदककै तर्फबाट बहस हुनेछ ।

नव निर्वाचित अमेरिकी राष्ट्रपति जोसेफ आर बाइडेन पुनः आज ह्वाइट हाउस प्रवेश गर्दैछन् । पूर्व राष्ट्रपति बाराक ओवामा राष्ट्रपति रहँदा उपराष्ट्रपतिका रूपमा काम गरेका बाइडेन पुनः ह्वाइट हाउस प्रवेश गर्न लागेका हुन् । राष्ट्रपति बाइडेनको शपथग्रहण हुने भएकाले अमेरिकाको राजधानी वासिङ्टन डिसी लगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको समाचार संस्थाहरूले जनाएका छन् ।

कोरोना भाइरसको प्रभावले शिथिल बनेको अर्थतन्त्र पछिल्लो समय चलायमान हुन थालेको छ । पछिल्लो समय बैंकहरुमा कर्जा लगानी धमाधम बढ्दै गएको तथ्यांकले देखाएको छ भने पछिल्लो एक महिनामा मात्र १ खर्ब २७ अर्ब बढी लगानी भएको बैंकर्स संघले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । उनले नेकपाले जनादेश गुमाई सकेको र जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने धारणा समेत अघि सारेका छन् । यस्तै अर्का नेता रमेश लेखकले नेपाली कांग्रेस संसद पुनर्स्थापनाको निम्ति भूमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगरे निर्वाचनमा सहभागी हुने बताएका छन् ।

Logo