नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

नेपालमा पनि नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतबाट फर्किएका ३ जनामा यस्तो संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै बेलायतमा देखिएको कोभिड–१९ को नयाँ प्रजाति नेपालमा पनि भेटिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको हो ।

२ हप्ता अघि बेलायतबाट नेपाल फर्किएकाहरु मध्ये तीन जनामा नयाँ प्रजातिको भाइरस संक्रमण देखिएको थियो । मन्त्रालयले यसको पुष्टि गर्न पुस २७ गते उनीहरुको नमुना हङकङ प्रयोगशाला पठाएको थियो ।

उक्त नमुनाको नतिजा आज प्राप्त भएको र तीन जनामा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Logo