कोरोना भ्याक्सिन लगाएका सयौंमा देखियो साइड इफेक्ट

कोरोना भ्याक्सिन लगाएका सयौंमा देखियो साइड इफेक्ट


भारत ।

शनिबारदेखि कोरोनाभाइरसविरूद्धको खोप लगाउन सुरू गरेको भारतमा सयौं मानिसमा साइड इफेक्ट देखिएको छ। आइतबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै खोप लगाउन थालेको दुई दिनमा ४४७ जना साइड इफेक्ट देखिएको जनाएको छ।

केन्द्रीय स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले धेरैजसो साइड इफेक्ट सामान्य खालका भएको बताए । खोप लगाएपछि कोही अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी परे त्यस्तोलाई गम्भीर साइड इफेक्ट भनिन्छ।

आइतबारसम्म तीन जनालाई मात्रै त्यसरी अस्पताल भर्ना गर्नुपरेको उनले जानकारी दिए।

अस्पताल भर्ना भएकाहरूमध्ये दुई जना उपचारपछि निको भएर घर गएका र अर्का एक जनाको पनि अवस्था सामान्य रहेको छ ।

Logo