केन्द्रबिन्दु बुलेटिन : आम–हड्तालप्रति प्रधानमन्त्री ओलीद्वारा आक्रोश व्यक्त (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : आम–हड्तालप्रति प्रधानमन्त्री ओलीद्वारा आक्रोश व्यक्त (भिडियोसहित)


काठमाडौं ।

हामीले हरेक दिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये नेपाल किसान महासंघको भेलामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहले जनतालाई नै दुःख र कष्ट दिएर ‘महान क्रान्ती’ गरेको भन्दै आमहड्तालप्रति आक्रोश व्यक्त गरेका छन् । उनले जनताले दुःख पाएको तमासा हेर्न गाडी लिएर हिँडेको टिप्पणी गर्नुका साथै कम्युनिस्टको बर्को ओडेर बाटोमा बसेकाहरूले कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाएको आरोप पनि लगाए ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण बिहिबार देशका विभिन्न ठाउँको जनजीवन प्रभावित बन्यो । बन्दकर्ताले थुप्रै स्थानमा आगजनी गरे भने सर्वसाधारण, व्यावसायीहरूमाथि पनि क्षति पुग्यो । केही स्थानमा बन्दकर्ता र प्रहरीबीच झडप हुँदा नेता ताथ कार्यकता घाइतेसमते भएको प्रहरीले जनाएको छ । दिनभर सर्वसाधारणका लागि यातायात ठप्प पारिए पनि नेतृत्व तहका प्रचण्ड माधवले भने प्राडो र स्कुटरबाटै हड्तालको अनुगमन गरे । यता, प्रचण्ड एमसीसीको विरुद्धमा बोल्न नसक्दा छुट्टै माहोल तयार भयो ।

संयुक्त राष्ट्रसंघले म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उक्त कू विफल पार्न र म्यान्मारमा संवैधानिक व्यवस्था पुनस्थापित गर्न आह्वान गरेका हुन् । यसैबीच फेसबुक तथा सामाजिक सञ्जालमा सेनाको कू विरुद्ध हजारौंले विरोध जनाएपछि सेनाले त्यसलाई बन्द गर्न निर्देशन दिएको पनि समाचारमा उल्लेख छ ।

नेपाल टेलिकमले कम्पनीको १७ औं वार्षिकोत्सवको अवसरमा फोरजी वाईफाई, अर्थात् फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरिसकेकाले अब, तुरुन्तै फाइभ जीको तयारीमा लाग्न पनि सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सुझाव दिएका छन् ।

नेपाल सरकारले ७२ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने योजना बनाइरहेका बेला डब्लुएचओले केही मात्रामा कोभ्याक्सिन उपलब्ध गराउने भएको छ । डब्लुएचओद्वारा प्रकाशित गरेको विवरण अनुसार २२ लाख ५६ हजार डोज कोभ्याक्स उपलब्ध गराउने भएको छ । उक्त खोपको डोज नेपालको कूल जनसंख्याको ३.३ प्रतिशतलाई पुग्ने जनाइएको छ ।

Logo