आगलागीबाट ४ घर जल्दा ३५ लाखकाे क्षति

आगलागीबाट ४ घर जल्दा ३५ लाखकाे क्षति


उदयपुर। जिल्लाको चौदण्डी नगरपालिका–५ सिवाई सुन्दरपुरमा आज आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट ३५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

नगरपालिका–५ का वडाध्यक्ष देवनारायण चौधरीका अनुसार आगालागीबाट स्थानीय भोला चौधरी, अशोक चौधरी, धमेन्द्र चौधरीसहित चार वटा घर जलेर नष्ट भएको छ । भोला चौधरीको गोठको भुसको खरानी फाल्ने क्रममा भुसमा रहेको आगो सल्केर घर बाहिर फैलिएपछि आगलागी सुरु भएको अन्य घर पनि जल्न पुगेको हुनसक्ने वडाध्यक्ष चौधरीले बताए ।

चार घर जलेर नष्ट हुँदा सो घरमा रहेको अन्न, लत्ताकपडा, नगद, भाडाँकुडासहित घरभित्रका सबै वस्तु जलेर नष्ट भएको उनले बताए । उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालका अनुसार आगलागी हुनासाथ इलाका प्रहरी कार्यलय बेल्टार सशस्त्र प्रहरी बेल्टार र जिल्लाबाट प्रहरी घटनास्थल पुगेर चौदण्डी नगपालिकाको बारुणयन्त्र प्रयोग गरेर तीन घण्टामा आगलागी नियन्त्रण गरिएको हो ।

प्रहरी र स्थानीयवासीको सक्रियताको कारण चार घर जलेर नष्ट भए पनि अन्यत्र आगो फैलन नियन्त्रण गरिएको प्रहरी प्रमुख दाहालले बताए ।

Logo