विश्व क्यान्सर दिवस : जब क्यान्सर पीडितहरुले घण्टी बजाएर आफूलाई निको भएको उद्घोष गरे

विश्व क्यान्सर दिवस : जब क्यान्सर पीडितहरुले घण्टी बजाएर आफूलाई निको भएको उद्घोष गरे


काठमाडौं ।

विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर रोगलाई जितेका विरामीहरुले क्यान्सर हस्पिटलमा औपचारिकरुपमा घण्टी बजाएर आफूलाई निको भएको उद्घोष गरेका छन् ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत क्यान्सर पीडितहरुले विश्व क्यान्सर दिवसको अवसर पारेर हस्पिटल परिसरमा निर्माण भएको घण्टी बजाई क्यान्सरमुक्त भएको उद्घोष गरेका हुन् । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले कोभिड १९ को महामारीको बेलामा पनि अस्पतालले क्यान्सर पीडित बिरामीहरुलाई निरन्तर सेवा दिन सकेकोमा सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, सेवाग्राही तथा सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरे। जुनसुकै ठाउँमा बसेर पनि क्यान्सरबारे जनचेतना जगाएर, बोलेर मात्रै पनि क्यान्सर विरुद्ध लड्न सकिने उनले बताए ।

आगामी दिनमा हस्पिटलको ध्यान कोभिड १९ महामारीका बिचमा निदान हुन छुटेका, संक्रमणका डरले घरमै बसिरहेका क्यान्सर बिरामीहरुलाई कोभिड १९ को डर हटाई सचेतना जगाउने डा. श्रेष्ठको भनाइ छ ।

Logo