टी–१० मा सोमपालको उत्कृष्ट बलिङ

टी–१० मा सोमपालको उत्कृष्ट बलिङ


दुबइमा जारी टी–१० मा नेपाली अलराउन्डर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोमपालले बिहीबार मराठा अरेबियन्सका लागि लगातार छैटौँ खेलमा डेक्कन ग्लाडिएटर्सविरुद्ध २ विकेट लिएका छन् ।

सोमपालले २ ओभर बलिङ गर्दै जम्मा १२ रन खर्चेर २ विकेट  लिएका हुन् । छैटौँ ओभरको चौथो बलमा प्रशान्तलाई मोसादेक हुसेनबाट क्याचआउट गराएका थिए । सोमपालले सोही ओभरको छैटौँ बलमा यासिर कलिमलाई अलिसान सारुफुबाट क्याचआउट गराएका हुन् ।

सोमपालले टी–१० लिगमा ६ खेल खेल्दै ३ विकेट लिएका छन् ।

Logo