सरकारलाई विज्ञहरुको सुझाव, ‘कम्तीमा २ साता अझै लकडाउन गरौं’

सरकारलाई विज्ञहरुको सुझाव, ‘कम्तीमा २ साता अझै लकडाउन गरौं’


काठमाडौं ।

विज्ञहरुले कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारलाई कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिएका हुन् ।

आजको छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत उपस्थित थिए ।

आगामी दिनमा कोरोना अझ भयावह हुन सक्ने भन्दै विज्ञहरुले यस्तो सुझाव दिएका हुन् । विज्ञहरुको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको बताइएको छ ।

Logo