लोकतन्त्रको आवरणमा सर्वससत्तावाद हाबी भयोः कमल थापा

लोकतन्त्रको आवरणमा सर्वससत्तावाद हाबी भयोः कमल थापा


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को राजनीतिक परिवर्तनपछि देश लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख भएको तर्क राखेका छन् ।

राप्रपा प्रवास महासंघले सोमबार आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा राजसंस्था र हिन्दुत्वको धरातलमा उभिएर मुलुकमा आर्थिक, सामाजिक, राजनितिक र सांस्कृतिक रुपान्तरण गर्न चाहन्छ भन्दै भ्रष्टाचार ,बेरोजगारी,धर्मपरिबर्तको अन्त्यको निमित्त अहिले बुलन्द आवाजको आबश्यकता भएको बताए।

सर्वाेच्च अदालतमा विचाराधिन विषय माथी दबाब र प्रभाव अनुचित हुने जनाउँदै थापाले सडक प्रदर्शन र बक्तब्यबाजी असान्दर्भिक भएको समेत उल्लेख गरे। राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानू र जनमतको वृद्धिलाई सकारात्मक उपलब्धि ठान्नुपर्ने भन्दै उनपाले प्रवासमा पनि पार्टीको सक्रिय सदस्यता अभियानलाई सघन रुपमा अघि बढाउन आग्रह गरे । उनले प्रवासबाट महाधिवेशनमा सहभागीताको सुनिश्चित भएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा प्रवास संगठनका नेताहरु प्रेमकुमार श्रेष्ठ , लोक तिवारी लगायत विभागका प्रमुख बिजय खड्काले समेत धारणा राखेका थिए। बैठकमा २६ देशका प्रतिनिधिहरुको सहभागीता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

Logo