#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1273119756489147314237434883
नेपाल167193882398442
खेलकुद

डेब्यू खेलमै कुशलको विश्व कीर्तिमान

काठमाडौं । नेपाली  क्रिकेटर कुशल मल्लले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्ध शतकीय इनिङ खेलेपछि सर्वाधिक सानो उमेरमा अर्ध शतक पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका

राष्ट्रिय/अन्तर्राष्ट्रिय

साग खेल्ने पुरुष तथा महिला राष्ट्रिय टिम घोषणा (नामावली)

दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष तथा महिला राष्ट्रिय टिम घोषणा गरिएको छ । पुरुष टिमका प्रशिक्षक उमेश पटवाल र महिला टिमका प्रशिक्षक जगत टमाटाले राष्ट्रिय टिम घोषणा गरेका हुन् । मंसिर १५ देखि नेपालमा हुने साग खेलकुदमा भारत

खेलकुद

पहिलो महिला क्रिकेट लिग च्याम्पियनको उपाधी चितवनले जित्यो

काठमाडौं । चितवन राइनोजले पहिलो वुमन च्याम्पियन्स लिग (डब्लुसीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ। काठमाडौलाई ४५ रनले पराजित गर्दै चितवनले पहिलो महिला क्रिकेट लिगको उपाधी जितेको हो । चितवनको जितमा सुमन खतिवडाले अलराउण्ड प्रदर्शन गरिन् । ब्याटिङमा सर्वाधिक २९ रन

खेलकुद

भारतले दक्षिण अफ्रिकाविरुद्ध टेस्ट शृंखला ३–० ले जित्यो

भारतले इतिहास रच्दै राँची टेस्टमा दक्षिण अफ्रीकालाई २०२ रन र १ पारीले हराएको छ । भारतले तेस्रो दिन सोमवार नै यसको आधार तयार पारेको थियो । पहिलो पारीमा भारतको ४९७ रनको जवाफमा १६२ रन मात्र बनाएर फलोअनमा परेको दक्षिण अफ्रीकाले

समाचार

पारस खड्काले दिए कप्तानबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएका छन् । १० वर्षयता कप्तानी गर्दै आएका खड्काले कप्तानी छाड्ने घोषणा गरेका हुन् । आइसीसीले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेसँगै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्

खेलकुद

नेपालको फितलो व्याटिङ, ओमानलाई दियो ६५ रनको लक्ष्य

ओमानमा जारी पाँच देशबीचको टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र ओमानबीच खेल भइरहेको छ । एक पटक फेरि नेपालको फितलो व्याटिङ देखिएको छ । ओमानले टस जितेर पहिला बलिङ राेजेपछि नेपालले ब्याटिङ गर्दै अलआउट भएर ६४ रन मात्र बनाउन सकेको छ

खेलकुद

जीतको नजिक पुगेर पनि नेपाल आयरल्याण्डसँग पराजित

ओमानमा जारी पेन्टाङ्गुलर सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । पहिलो दुई म्याचमा लगातार जीत हासिल गरेको नेपाल आयरल्यान्डसँग १३ रनले स्तब्ध भएको हो । आयरल्यान्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३२ रनमा अलआउट भयो । एक समय

खेलकुद

नेपालले पायो १४६ रनको लक्ष्य, नेपाली बलरको उत्कृष्ट कमब्याक

काठमाडौं । ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आयरल्यान्डले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । ९५ रनमा एक

क्रिकेट

करण केसीको उत्कृष्ट प्रदर्शनमा नेदरल्यान्डविरुद्ध नेपाल विजयी

ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जीत हात पार्ने क्रममा नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । नेदरल्यान्डले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

खेलकुद

टि-२० सिरिजमा नेपालको सहज जित, हङकङ ४ विकेटले पराजित

काठमाडौं । ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेटको भेटाएको हो । मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरेपछि नेपालको जित सहज

खेलकुद

नेपालले पायो १२६ रनको लक्ष्य, करणले लिए ४ विकेट

काठमाडौं । टी २० श्रृंखलाको हङकङसँगको  पहिलो खेलमा नेपालले १२६ रनको लक्ष्य पाएको छ । पाँच देशको टी-२० श्रृंखलाअन्तरगत हङकङसँगको पहिलो खेलमा नेपालले उक्त लक्ष्य पाएको हो । टस जितेर पहिले बलिङ गरेको नेपालले हङकङलाई १२५ रनमा समेटेको थियो ।

खेलकुद

क्रिकेट संघको नयाँ नेतृत्वलाई आईसीसीको स्वागत

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघले चयन गरेको नयाँ नेतृत्वको स्वागत गरेको छ । केहीअघि सम्पन्न संघको विशेष अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । विज्ञप्तिमा आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले