‘मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिंडाउनका लागि आम-हड्ताल’ : शशी श्रेष्ठ

‘मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिंडाउनका लागि आम-हड्ताल’ : शशी श्रेष्ठ


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिंडाउनका लागि आम-हड्ताल गरिएको बताएकी छिन् ।

नेतृ श्रेष्ठले नेकपाले गरेको आम-हड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिंडाउनका लागि आम-हड्तालको आव्हान गरिएको बताएकी हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट बचाउनु पर्ने अवस्था आएको पनि बताइन्।

नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरि संविधानलाई अर्को चुनौती दिएको बताइन् । संविधान अनुरुप मुलुक नचले देश ठूलो दुर्घटनामा जाने र समाज विभक्त भई द्वन्द्वमा फस्ने भन्दै उनले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानु पर्ने बताइन्।

Logo