सन्दर्भ विश्व क्यान्सर दिवस : क्यान्सर के हो, कसरी बच्ने ? (भिडियोसहित)

सन्दर्भ विश्व क्यान्सर दिवस : क्यान्सर के हो, कसरी बच्ने ? (भिडियोसहित)


काठमाडौं ।

विश्वमा मानिसहरुको मृत्यु हुने प्रमख कारणहरु मध्ये क्यान्सर पनि एक हो । एक सयभन्दा धेरै किसिमका क्यान्सरहरु छन्, जस कारण संसारका धेरै मानिसहरु यसको चपेटामा पर्ने गरेका छन् । क्यान्सरलाई प्राणघातक रोगको रुपमा समेत परिभाषित गरिन्छ । क्यान्सरलाई सुरुवाती अवस्थामा नै थाहा पाउन सकियो भने यो रोगको उपचार सम्भव छ ।

क्यान्सर हुनुको मुख्य कारणमा अस्वस्थ्य जीवनशैली, दूषित पर्यावरणलाई मानिएको छ भने प्रमुख कारण हाम्रो खानपान नै रहेको छ । प्रायःजसो हाम्रो खानपानकै कारण क्यान्सर लाग्ने गरेको देखिएको छ । हामी जे खान्छौं, पिउँछौं, त्यसको सोझो प्रभाव हाम्रो स्वास्थ्यमा पर्छ । त्यसैले खानामा ध्यान दिन अत्यन्तै जरुरी छ । आज हामी केही यस्ता विशेष खानेकुराहरुको बारेमा जानकारी दिँदैछौं, जसको सेवन गर्नाले क्यान्सर हुने खतरा कम हुन्छ । खानपानकै कारण क्यान्सर लाग्न सक्छ तर, क्यान्सर प्रतिरोधी गुण पनि खानेकुरामै हुन्छ ।

क्यान्सर प्रतिरोधी गुण भएका खानेकुरा
बेसार
हाम्रो दैनिक खानपिनमा बेसारको विशेष स्थान हुन्छ । बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । जुन क्यान्सर प्रतिरोधी तत्व हो । त्यसैले यसको नियमित सेवन गर्नु राम्रो हुन्छ । बेसारको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । यसको नियमित प्रयोगले क्यान्सरबाट बच्न सकिन्छ । त्यसैले खानामा उचित मात्रामा उचित तरिकाले बेसारको प्रयोग गर्न उपयुक्त हुन्छ ।

लसुन
क्यान्सरको रोगहरुका लागि लसुन एउटा औषधी नै हो । लसुनमा पाइने फाइटो केमिकलले क्यान्सरविरुद्ध लड्ने क्षमता दिलाउँछ । बढी लसुन खाने महिलालाई पाठेघर सम्बन्धी क्यान्सर हुने जोखिम ५० प्रतिशत कम हुने देखिएको छ । यस्तै लसुनले स्तन र पेटको क्यान्सर लाग्ने सम्भावना पनि कम गराउँछ । क्यान्सरका रोगीहरुलाई लसुन पिसेर पानीमा घोलेर खुवाइयो भने यसबाट औषधि फाइदा हुन्छ । लसुन शरीरको अरु रोगको लागि पनि फाइदाजनक हुन्छ । क्यान्सरबाट बच्नका लागि लसुनको पानी पिउनु उपयुक्त हुन्छ ।

तुलसी
तुलसीमा क्यान्सरबाट बचाउने तत्व पाइन्छ । त्यसैले तुलसीलाई ‘क्यान्सर किलर’ पनि भन्ने चलन छ । तुलसीको नियमित सेवनले शरीरका अनेक रोगहरुलाई पनि फाइदा पु¥याउँछ । हरेक दिन बिहान खाली पेटमा तुलसीको ४ वा ५ पत्ता खानाले क्यान्सरलाई राम्रो गर्छ । साथै ज्वरोलाई पनि यसले आउँन दिदैन ।

स्याउ
स्याउको सेवन विभिन्न किसिमका रोगहरुमा अति नै फाइदाजनक हुन्छ । यसमा भएको एन्टि–अक्सिडेन्ट र एन्टि इन्फ्लामेट्री गुणले क्यान्सरको खतरालाई धेरै कम गर्छ । विशेष गरेर ठूला आन्द्राको क्यान्सरमा स्याउको सेवन धेरै नै प्रभावकारी हुन्छ । स्याउको बोक्रासँगै सेवन गर्दा उत्तम हुन्छ ।

ओखर
ओखरमा विभिन्न किसिमका स्वास्थ्यवद्र्धक तत्वहरु पाइन्छ । जसमध्ये ओखरमा पाइने फाइटोस्टेरोल्स नामक तत्वले स्तनमा क्यान्सर गराउने कोषिकाको विकास अवरुद्ध गरिदिन्छ । जसकारण ओखर खानाले स्तन क्यान्सरबाट बच्न सकिने विभिन्न अध्ययनहरुले देखाएको छ । यसबाहेक प्रोस्टेट क्यान्सरमा पनि ओखर धेरै प्रभावकारी मानिन्छ । यसका साथै डीएनएको सुरक्षामा पनि यो धेरै प्रभावकारी हुन्छ ।

गोलभेँडा
गोलभेँडामा प्रचुर मात्रामा प्रोटिन पाईन्छ । यसले शरीरमा क्यान्सरको प्रभावबाट हुने खतराहरु कम गराउँछ । यस्तै गोलभेँडामा पाइने क्यारोटेनोइड नामक तत्वले यसलाई रातो बनाउँछ । यही तत्वले गर्भाशयमा हुने क्यान्सरका कोषिकाहरूको विकासलाई रोकिदिने गर्छ । यसले फोक्सो, प्रोस्टेट र पेटको क्यान्सरको जोखिम पनि कम गरिदिन्छ । त्यसैले खानामा दैनिक रुपमा गोलभेँडालाई समावेश गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ ।

ब्रोकाउली/काउली
काउली परिवारका सबै तरकारीमा क्यान्सरनिरोधी गुण बढी पाइने गरे पनि ब्रोकाउलीमा यसको मात्रा सबैभन्दा उच्च हुन्छ । ब्रोकाउलीमा सल्फोराफेनको मात्रा अधिक हुन्छ, जसले क्यान्सर लगाउने, ट्युमर बढाउने शरीरभित्रका रसायनलाई निस्तेज गर्ने गर्छ । ब्रोकाउली खाइरहने गर्नाले स्तन, कलेजो, फोक्सो, प्रोस्टेट, छाला, पेट लगायतका क्यान्सर हुने जोखिम कम हुन्छ ।

ग्रीन टी
पुरानो समयमा विभिन्न किसिमको रोगहरु उपचार गर्नका लागि चियाको साहारा लिने गरिन्थ्यो । ग्रीन टी र ब्ल्याक टीमा विभिन्न प्रकारका फाइदाजनक तत्वहरु पाइन्छ । जसमा पनि एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण ग्रीन टीले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा पाइने एक किसिमको पोषण तत्वले शरीरमा कोलोन, लिभर, ब्रेस्ट र प्रोस्टेट क्यान्सरका कोशिकाहरु बन्न पाउँदैनन् । जसका कारण ग्रीन टीको सेवनले फोक्सो, छाला र पेटको क्यान्सरबाट पनि सुरक्षित राख्छ । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टि मूख्य मानिन्छ ।

चुकन्दर
चुकन्दर एक किसीमको फल हो । यसलाई यतिकै जुस बनाएर खान सकिन्छ । यसले महिलाको स्वास्थ्यमा यसले प्रत्यक्ष प्रभाव पार्दछ । महिलाको मासिक धर्म, स्वेत, प्रदर, रक्त प्रदर, स्तनमा निस्कने गाँठा आदि ठीक गरी शरीरमा रगतको कमी हुनबाट जोगाउँछ । चुकन्दरको आधा कप जूस दिनमा २ देखि ३ पटक पिउँदा क्यान्सर प्रारम्भिक लक्षणमै रोकिन्छ ।

कालो अंगुर
अंगुर पनि क्यान्सरका लागि एउटा औषधी नै हो । कालो अंगुरको सेवन गर्नाले महिलामा हुने बे्रष्ट क्यान्सरको संभावना कम हुन्छ । यसमा पाइने तत्वले शरीरमा निर्माण हुने इन्जाइमलाई सक्रिय पारी क्यान्सर उत्पन्न गराउने तत्वलाई वा कोषलाई निष्कृय पारिदिन्छ । त्यसैले दैनिक २५० ग्राम कालो अंगुर वा यसको ताजा रसको सेवन गर्ने हो भने शरीरलाई क्यान्सरबाट मुक्त राख्न सहयोग गर्दछ ।

नीम
नीमलाई आयुर्वेदमा सर्वरोग नाशक भनिएको छ । नीममा क्यान्सरसँग लड्ने शक्ति पनि हुन्छ । क्यान्सरको रोगीलाई दैनिक नीमको ८ देखि १० पत्ता खुवाउने हो भने उसको स्वास्थ्यमा चाँडै सुधार देखिन थाल्छ ।

गाजर
गाजरको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । क्यान्सरको रोकथामका लागि पनि त्यत्तिकै असरदार छ । गाजरलाई दैनिक रुपमा सलाद अथवा जुस बनाएर पिए धेरै फाईदा हुन्छ ।

नरिवल पानी
नरिवल पानीको सेवनले आन्द्रा र कलेजोको क्यान्सरमा फाइदा मिल्छ । साथै यसले क्यान्सरको सम्भावनालाई पनि घटाउँछ । त्यसैले नियमितरुपमा नरिवल पानीको सेवन स्वास्थ्यका लागि लाभकारी छ ।

च्याउ
च्याउ स्वास्थ्यको लागि फाइदाजनक हुनाको साथै क्यान्सर प्रतिरोधी तत्व पनि यसमा पाइने हुनाले यसको सेवन दैनिकरुपमा उचित हुन्छ । कुनै पनि च्याउमा गहुँको जमरामा भन्दा पनि बढी एन्टिएक्सिडेन्ट पाइने हुनाले च्याउलाई औषधीकै रुपमा प्रयोग गरेको पनि पाइन्छ ।

भटमास
भटमासमा क्यान्सरसँग लड्ने शक्ति हुन्छ । यसमा हुने ओमेगा ३ ले शरीरमा पोषक तत्व पु¥याएर क्यान्सरको प्रारम्भिक लक्षणलाई पहिले नै रोकिदिन्छ । त्यसैले खानामा भटमास बढि भन्दा बढी प्रयोग गर्दा राम्रो हुन्छ । यसले अरु ट्यूमरलाई पनि बढ्न रोक्छ ।

सिमी
सिमीजस्ता गेडागुडी खाँदा शरीरमा फ्याट्टी एसिड उत्पादन बढी हुन्छ, जसले मानिसलाई क्यान्सर रोगबाट बचाउँछ । यस्ता गेडागुडी खाइरहने गर्नाले स्तन र पाठेघर सम्बन्धी क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

बदाम
बदाममा पनि क्यान्सर प्रतिरोधी तत्व भरपूर हुन्छ । यसमा एन्टिएक्सिडेन्टले शरीरका कोषहरु क्षय हुनबाट बचाउँछ । भुटेको बदाम सेवन गर्नाले मुटु रोग तथा क्यान्सर रोगको रोकथाम गर्न सहयोग गर्छ ।

मसिना फलफूल
स्ट्रबेरी, किम्बु, काफल जस्ता मसिना आकारका फलफूलमा क्यान्सरविरुद्ध लड्ने फाइट्रोन्युट्रियन्ट्स तत्व प्रशस्त हुन्छ, जसले शरीरका अंग विशेषमा क्यान्सरका कोषिकाहरूको विकास र विस्तारलाई रोक्ने काम गर्छ । साथै, रक्तकोषिका तथा धमनीमा क्यान्सरमुखी रसायनको विकासलाई पनि यसले कम गरिदिन्छ । यस्ता फलफूल खाइरहने गर्नाले आमाशय, मुख र छालाको क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।

ब्लूबेरी/क्यानबेरि
ब्लूबेरी र क्यानबेरिमा विभिन्न प्रकारका गुणकारी तत्वहरु पाइन्छ । यिनीहरुमा फाइटोकेमिकल, एलेजिक एसिड, युरोलिथिन, फाइबर, भिटामिन–सी र एन्टि–अक्सिडेन्ट जस्ता विभिन्न विशेष गुणहरु पाइन्छ । यसले हाम्रो डीएनएलाई हाम्रो शरीरमा समावेश फ्रि रेडिकल्सबाट सुरक्षा प्रदान गर्छ, जसले गर्दा क्यान्सरको खतरा कम हुन्छ । ब्लूबेरी र क्यानबेरिको सेवनले मुख, ब्रेस्ट, कोलोन र प्रोस्टेट क्यान्सरको खतरा कम हुन्छ ।

गाईको दुध
गाईको दुधमा रोग प्रतिरोधक क्षमता बढाउने शक्ति हुन्छ र साथै यसले कैयन रोगहरुबाट बचाउँछ । गाईको दुधको नियमित सेवनबाट क्यान्सरलाई कम गर्न पनि सहयोग पु¥याउँछ ।

कागती/अदुवा/बेल
कागती, बेल अथवा अदुवाको रस पनि क्यान्सर रोक्नका लागि निकै प्रभावकारी हुन्छ । यिनीहरुको सेवनबाट शरीरमा क्यान्सर लाग्न पाउँदैन । अदूवाको रस दिनमा दुईपटक दुई चम्चाको मात्राले सेवन गर्दा क्यान्सरमा राहत प्रदान गर्दछ । भने, बेलको जुस सेवनले ब्लड क्यान्सर र हड्डीको क्यान्सरको प्रभाव कम भएर जान्छ ।

सलाद
सलाद खाँदा गाढा हरियो रङका तरकारीको सलाद खानु क्यान्सरको जोखिम हटाउने दृष्टिकोणले बढी लाभदायक हुन्छ । गाढा हरियो तरकारीमा क्लोरोफिलको मात्रा बढी हुन्छ र यस्ता तरकारी खाँदा शरीरमा म्याग्नेसियमको आपूर्ति बढ्न जान्छ । म्याग्नेसियमले क्यान्सरका जीवाणुलाई कमजोर पार्ने र नयाँ स्वस्थ कोषिकाको विकासका लागि अनुकूल वातावरण बनाउने गर्छ ।

पानी
स्वस्थ पानी शरीरको लागि निकै नै लाभकारी हुन्छ । जति धेरै पानी पिउने ग¥यो त्यति नै शरीर राम्रो हुन्छ । दिनभरमा कमसेकम ३ देखि ५ लिटर पानी शरीरको लागि आवश्यक हुन्छ । फोहोर पानीले उल्टो विभिन्न किसिमको रोग लगाउँछ । फोहोर पानीको कारण पनि क्यान्सर हुन्छ । राति तामाको भाँडोमा पानी राख्ने र त्यसमा ३ वा ५ तुलसीको पत्ता भिजाएर भोलिपल्ट बिहान खाली पेटमा त्यसको पानी पिउनाले शरीरलाई फाइदा हुन्छ । यसले क्यान्सरबाट पनि बचाउँछ । यस बाहेक आलु, दही, अण्डा, भुइँकटहर, सोया मिल्क, बेथेको साग, सखरखण्ड, बन्दाकोभी, तोरीको सागमा पनि प्रशस्त मात्रामा क्यान्सर प्रतिरोधी तत्व पाइन्छ । यी सब्जीको प्रयोग दैनिक रुपमा गर्नाले पनि क्यान्सरलाई रोकथाम गर्न सकिन्छ ।

Logo