साओमी १२ लाइट नेपाली बजारमा : यस्तो छ मूल्य

साओमी १२ लाइट नेपाली बजारमा : यस्तो छ मूल्य


ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । फ्ल्यागशिप डिजाइनमाको यो फोनमा १०८ एमपी को मेन क्यामरा, ८ एमपीको अल्ट्रा वाइड एङल क्यामरा र २ एमपीको म्याक्रो क्यामरा रहेका छन् ।

लन्चमा बोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभुत पुर्व अनुभव लिनेमा विश्वास व्यक्त गरे ।

उनले भने,‘साओमीले नवीनतमप्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहकवर्गलाई ध्यानमा राख्दै सुप्रिमपर्फर्मेन्स क्षमताभएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ । यसै क्रममाहामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्लीअपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ। यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिपपर्फर्मेन्सको अभुतपुर्व अनुभवलिनुहुनेछ भन्ने कुरामाहामी पूर्ण विश्वस्त छौँ ।’

६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहित आउने साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । यसको मुल्य ६+१२८ जिबी – ५०९९९ र ८+१२८ जिबी–५३९९९ रहेको छ । यो सेट नेपाल भरिको सम्पूर्ण आधिकरिक स्टोरहरुबाट उपलब्ध हुनेछ ।

फ्यासनफर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन

७.२९एमएमको मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमाउपलब्ध छ। प्रिमियम एस्थेटिकको लागियसको पछाडि पट्टीको भागमायुनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिशदिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको  मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझलक्जरियस टच प्रदान गर्छन् ।

कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा 

यसमाभएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसनतस्बिर लिन सकिन्छ। त्यस्तै यसमाभएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ । त्यस्तै अगाडि भएको ३२ एमपीको क्यामरामा जडित जीडी द्द सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फीखिच्न सकिन्छ। साथै दुईवटा सफ्ट एलईडी सेल्फीग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेट सहितको भ्लगमोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक एआई, र अन्यथुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन् । 

Logo