गोरखा । गोरखामा ४० क्रिश्चियन परिवार हिन्दूमा फिर्ता भएका छन् । गोरखा नगरपालिका वडा नं. १ ताप्लेको दलित बस्तीका ४० परिवार क्रिश्चियन हिन्दूमा फिर्ता भएका हुन् । हिन्दू युवा संयोजन अभियान नेपाल र स्थानीय आमा समूहको सहयोग फिर्ता गराइएको हो ।
उनीहरूलाई फिर्ता गराइनुका साथै भजन मण्डली समेत बन्द गराइएको हिन्दू युवा संयोजन अभियान नेपालका अभियन्ता जीवन भट्टले जानकारी दिए । तिन चार महिनादेखि प्रत्येक साताको शनिवार चर्चमा जम्मा भई आफ्ना गतिविधि बढाउँदै आएका थिए । पोखरामा केन्द्रीय कार्यालय रहेको सच्चाइ केन्द्र नेपालले उनीहरुलाई एउटा घरमा बसोबासको व्यवस्था मिलाएको थियो ।

स्वधर्म, स्वराष्ट्र अभियान सञ्चालन गर्दै आएको हिन्दू युवा संयोजन अभियान नेपालले उनीहरुलाई क्रिश्चियनबाट हिन्दूमा फिर्ता गराएको हो । अज्ञानता र आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्न लागेको भन्दै अब त्यस्तो नगर्ने उनीहरूले प्रतिबद्धता समेत जनाएका छन् ।
उनीहरूलाई प्रदान गरिएको विभिन्न खाले पुस्तकहरूमा धर्म र भजनहरू लेखिएका छन् । पुस्तकको सुरूमा भजनहरू लेखिए पनि अन्ततिर येशुको वर्णन गरिएको छ । उनीहरूलाई सम्झाउने क्रममा हिन्दू युवा संयोजन अभियान नेपालका पदाधिकारीहरूसँग केही बेर विवाद समेत भएको थियो । अन्ततः उनीहरू आफ्नो सनातन धर्ममा फिर्ता हुन तयार भएका हुन् ।
धर्म परिवर्तन गराउने नयाँ तरिकाः
कसैलाई आर्थिक प्रलोभन देखाएर, कोहीलाई धाक धम्की दिएर क्रिश्चियनहरूले धर्म परिवर्तन गराउँदै आएका छन् । गाउँघर तिर गएर आर्थिक विपन्न्न परिवार तथा शिक्षाको कमि भएका परिवारलाई उनीहरूले विशेष निगरानी राख्दै आएका थिए ।
धर्म परिवर्तन गराउन हिड्दा उनीहरूमाथि हमला, कुटपिट तथा स्थानीयले लखेट्ने जस्ता समस्या थिए । त्यस्ता समस्यासँग जुध्न उनीहरूले नयाँ तरिका अपनाउन थालेका हुन् ।
नयाँ तरिकामा हिन्दुहरूले अहिलेसम्म मान्दै आएका चाडपर्व मान्न दिने, सिन्दुर चुरा पोते लगाउने, श्राद्ध गर्ने जस्ता कार्यहरूमा कुनै रोकावट लगाउँदैनन् ।

विभिन्न रितिरिवाज तथा चाडपर्व मान्न दिने तर येशु र बाइबलबारे ज्ञान दिने उनीहरूको नयाँ तरिका हो । हिन्दुहरूलाई परम्परादेखि मान्दै आएका कुराहरूलाई निरन्तरता दिँदै धर्मान्तरण गराउने नयाँ तरिका क्रिश्चियनहरूले अपनाएका हुन् ।
पोखरामा ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले यस्तो नयाँ तरिका अपनाएको हो । यसका सदस्यहरू हेर्दा हिन्दु जस्तै देखिन्छन्, तर क्रिश्चियन धर्मको प्रचार प्रसार गर्दै हिड्ने गरेका छन् । उनीहरू बर्मा, विष्णु महेश्वर आदी देवतालाई मान्छन्, तर सृष्टिकर्ता भने येशु नै भएको दावी गर्छन् ।
एकैपटक हिन्दुत्वबाट छुटाउन नसकिने भएपछि उनीहरूले यस्तो तरिका अपनाएको हिन्दु युवा संयोजन अभियान नेपालका अभियान्ता भट्टको भनाई छ । ‘उनीहरूको एउटै मिसन भनेको अरू जे गरेपनि बाइबल र येशुलाई मान्नुपर्यो भन्ने हो । यसबाट उनीहरूलाई गुणात्मक भन्दा संख्यात्मक रुपमा क्रिश्चियनहरू पाइनेछ ।’ अभियन्ता भट्टले भने ।
यो पनि
सुन्दरी ‘राजकुमारी’ पूर्णिकाको ३ सुन्दर पक्ष (भिडियोसहित)
प्रकाशित: १५ साउन २०७६ १४:३६ बुधबार