काठमाडौं । पौराणिक मान्यताअनुसार साउनलाई देवाधिदेव महादेव भगवान शिवको महिना मानिन्छ । शिवका अनेकौं नाम छन्, जानेर वा नजानेर अनि जुनसुकै नामले पुकारे पनि महादेव प्रसन्न हुन्छन् भन्ने शिव भक्तहरूको विश्वास छ ।
विशेष गरी साउन महिना शिवको प्रिय महिना भएको र यो बेला प्रकृतिले नै शिवको जलाभिषेक गर्ने भएकाले शिव आराधनाका दृष्टिले विशेष मानिन्छ ।
साउन महिना शिवलाई प्रिय लाग्नुपछाडि देवी सती र पार्वतीसँग जोडिएको प्रसंग छ । पार्वतीले साउन महिनामै निराहार रहेर कठोर व्रत गरिन् र शिवलाई प्रसन्न तुल्याएर विवाह गरिन्, यसै कारण शिवकालागि यो महिना विशेष बनेको हो ।
साउन महिनामा भगवान शिवको विशेष पूजा गरिन्छ । शिवलाई अखण्ड जलधारा चढाएर वा जलाभिषेक गरेर प्रसन्न तुल्याउने प्रयास गरिन्छ । अभिषेक गर्दा पनि शिवलाई जल, दूध, दही, घिउ, सख्खर, मह, उखुको रस आदिले स्नान गराइन्छ । शतरुद्रीय मन्त्रपाठ गरेर अविरल पञ्चामृत मिश्रित जलधारा लगाएर रुद्री गर्ने चलननिकै प्रचलित छ । थप भिडियोमाः
प्रकाशित: १५ साउन २०७६ २०:१५ बुधबार