खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज भदौ १२ गते अन्तिम दिन रहेको छ ।

आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । त्यसो त यस आइपीओमा शुक्रबारसम्म नै मागभन्दा निकै बढी आवेदन परिसकेको छ । सीडीएससीका अनुसार शुक्रबार दिउँसोसम्ममा यस आइपीओमा १ अर्ब ३२ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । यस कम्पनीले भदौ ८ गतेबाट सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला हो । 

यसअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 
 

Logo