कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउकर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा शिवसताक्षी नगरपालिका–८ बस्ने ३७ वर्षीय दिप्सन लावतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । 

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले २०६३ असोज ३ गते उनलाई जन्म कैद ठहर गरेको थियो । पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो । 

प्रतिवादी लावतीले उक्त मुद्दामा १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरी सकेका थिए । १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा उनी फरार भएका थिए । 

फरार रहेका उनलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो । 

उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापामा पठाइएको छ ।

 

 

Skip This
Logo