रोल्पामा सवारी दुर्घटना हुँदा एक जना बालकको मृत्यु

रोल्पामा सवारी दुर्घटना हुँदा एक जना बालकको मृत्यु


 रोल्पा नगरपालिका–२ घट्टेखोलास्थित सडकमा रा.१ ह ३०२२ नम्वरको अटो बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अटोमा सवार रोल्पा नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्ती रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मध्ये तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Logo