को हुन यी भाइरल महिला ?

को हुन यी भाइरल महिला ?


एसिया कपमा बंगलादेश र अफगानिस्तानबीचको क्रिकेट खेल पछि भाइरल भइरहेको एउटा नाम हो वाज्मा अयुबी । 

यी अफगान महिला अहिले सामाजिक सञ्जालमा निकै सनसनी बनिरहेकी छिन् ।
वाज्मा अयुबी एसिया कप २०२२ क्रिकेट मैदानमा अफगानिस्तान र बंगलादेशबीचको खेल दैरान अफगान टोलीलाई चियरअप गर्न पुगेका थिए । टिभी स्क्रिनमा झण्डा बोकेकी देखिएकी यी अफगान महिलाको तस्बिर देख्न बित्तिकै दर्शकको मनमा एउटै प्रश्न उठेको यी सुन्दर केटी को हुन् ?

रिपोर्टका अनुसार यी अयुबी अफगानिस्तानकी एक व्यवसायी र सामाजिक कार्यकर्ता हुन् । उनलाई खेलकुद असाध्यै मन पर्छ । क्रिकेट म्याचकै क्रममा दर्शकले वज्मालाई अफ्गानको जर्सीमा मात्र होइन, राष्ट्रिय टोलीलाई समर्थन गर्न  ट्वीटरमा गरेको टिवीट् पनि भाइरल भइरहेको छ । ट्विटमा सेयर गरिएका तस्विरमा उनको सुन्दरता देखेर मानिसहरु आश्चर्यचकित भई तारिफ गर्न थालेका छन ।

रिपोर्टका अनुसार खेलपछि गुगलमा सबैभन्दा धेरै खोजिएको नाम मध्ये वाज्मा पनि एक हो । २८ वर्षीया वाजमा अफगान नागरीक हुन् । उनी आफ्नो करियर बनाउन केही वर्ष दुबई बसेकी थिइन् । वाज्मा पढाइका लागि अमेरिका, मध्य एसिया र भारत गइसकेकी छिन् । यही क्रममा उनको क्रिकेटप्रतिको लगाव बढ्दै गएको उनी बताउछिन् । वज्मा हाल ग्लोबल म्यानेजमेन्ट र स्नातकोत्तर गर्दैछिन् । 

Logo