सारल फाइनान्स स्किम : ९ प्रतिशत व्याजदरमा यी मोटरसाइकल वुक गर्न सकिने

सारल फाइनान्स स्किम : ९ प्रतिशत व्याजदरमा यी मोटरसाइकल वुक गर्न सकिने


नेपालका लागी आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिले दशैं तिहार लक्षित सारल फाइनान्स स्किम ल्याएको छ । 

सो अफर अन्तर्गत जावा मोटरसाइकल खरिद गर्न इच्छुक ग्राहकले ९ प्रतिशत व्याजदरमा यी मोटरसाइकल वुक गर्नसक्ने जनाइएको छ ।

साथै हरेक ग्राहकले इम्प्याक्ट प्रोटेक्सन प्रोफेसनल ज्याकेट र आकर्षक हेलमेट समेत उपहार पाउनेछन् ।

जावा मोटरसाइकलको फोर्टी–टु, जावा र पेराक सबै मोडलमा लागु हुनेगरी यो स्किम ल्याइएको कम्पनीले बताएको छ । यस स्किममार्फत सबैबाट थप सकारात्मक प्रतिक्रिया पाउने विश्वास कम्पनीले लिएको छ । 

जावा क्लासिक सिंगल च्यानल एबीएसको मूल्य ७ लाख ५ हजार र डबल च्यानल एबीएसको मूल्य ७ लाख ३६ हजार रुपैयाँ छ । त्यसैगरी जावा फोर्टी टु सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ७३ हजार र ७ लाख ४ हजार रुपैयाँ तथा जावा पेराकको मूल्य ८ लाख २० हजार रुपैयाँ छ ।

Logo