वर्षौदेखि गायब भएको काठमाडौँको टुकुचा खोला फेला परेको छ।
काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा बिहीबार खोला फेला पारेको हो । खोलाको बहाब क्षेत्र पत्ता लगाएर हल परिसरमा डोजर चलाएर १५ फिट खोतल्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब छ ।
पछिल्लो समय महानगरले अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य गर्दै आएको छ ।
प्रतिक्रिया