मुगुको माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन

मुगुको माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन


मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेकाे छ । 

०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएकाे प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयाेगविहीन भएकाे हाे । प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । 

प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन् । जिल्ला कृषि विकास  कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला सञ्चालन हुने जनाएकाे छ । कार्यालय मुगुका प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयाेगमा आउँछ भन्ने बारे जानकारी नभएकाे बताए ।  

माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएकाे हाे ।  माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नाे खेतबारीकाे माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् ।

माटाे परीक्षणपछि साेहीअनुसार किसानहरूले खेति लगाउने अपेक्षा  प्रयाेगशाला नचल्दा अपुरै रहेकाे छ । 

Skip This
Logo