२३ असार २०७९ बिहीबार
1
1
1
1

0 Shares

क्रिश्चियन धर्मको प्रचार गर्ने ३ महिलासहित ४ जना पक्राउ

1
1
1
1

सल्यान । क्रिश्चियन धर्मको प्रचार गर्दै हिड्ने ४ जना पक्राउ परेका छन । जिल्ला भर इसाइ धर्म प्रचार गरिरहेको अबस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ महिला र १ पुरुष रहेका छन ।

शारदा नगरपालिका–१ शान्तीनगरमा जवरजस्ती धर्म प्रचार गर्दै हिडेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी २० वर्षीय तुल बहादुर परियार, सोहि ठाउँ निवासी २१ वर्षीया रुपा सोनाम, घोराही उपमहानगरपालिका–१५ निवासी २९ वर्षीय चन्द्रकली रावत र रोल्पा नगरपालिका वडा नम्वर –६ निवासी ३० वर्षीया भिम कुमारी विक रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट एकएक थान बाईबल सहित धर्म प्रचारका विभिन्न सामग्रीहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई धर्मसम्बन्धी कसुर अन्तरगतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

मुलुकी फौजदारी संहिता अनुसार धर्मसम्बन्धी कसुर गर्नेलाइ ५ बर्षसम्म जेल र ५० हजार सम्म जरिवानाको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित: ३१ साउन २०७६ १९:५८ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी