आयरल्याण्डद्धारा विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा

आयरल्याण्डद्धारा विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा


 

आयरल्याण्डले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ।

आयरल्याण्डले एन्ड्री बालबेर्नीको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । बालबेर्नीले प्रतियोगितामा आयरल्याण्डको आक्रमणको नेतृत्व गर्नेछन् । उनलाई एक अनुभवी टोलीको कप्तानको रूपमा लिईएको छ । 

टोलीमा रहेका ओपनर पल स्टर्लिङ,अलराउन्डर जर्ज डकरेल र बालबर्नीले १५ सदस्यीय टोलीमा अनुभवी खेलाडीको रुपमा रहँनेछन् । स्टार ब्याट्सम्यान ह्यारी टेक्टर लगातार तथा तीव्र गतिका बलर मार्क एडेयरले टिमलाई सन्तुलित राख्ने छन्।

टी–ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ । आयरल्यान्डले टी–ट्वान्टी विश्वकपमा १७ अक्टोबरमा जिम्बावेसँग पहिलो खेल खेल्नेछ ।

आयरल्याण्डको टोली :

एन्ड्रयु बालबेर्नी (कप्तान), पल स्टर्लिङ (उपकप्तान), मार्क एडेयर, कर्टिस क्याम्पर, गैरेथ डेलानी, जर्ज डोकरल, स्टिफन डोहेनी, फियोन ह्यान्ड, जोस लिटल, ब्यारी म्याकार्थी, कोनोर ओल्फर्ट, सिमी सिंह, ह्यारी टेक्टर, लोर्कन टकर र क्रेग योङ 

Skip This
Logo