वीर अस्पताल अगाडिका अनधिकृत संरचनामाथि महानगरको डोेजर चल्यो

वीर अस्पताल अगाडिका अनधिकृत संरचनामाथि महानगरको डोेजर चल्यो


काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र अघि बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

महानगरले अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचना जारी गरेको थियो । बुधबार मात्रै एक सूचना जारी गरेर महानगरले २४ घण्टाभित्र उक्त संरचनाहरु खाली गर्न भनेको थियो।

तर महानगरले अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको जनाएको छ । महानगरको टोलीले बिहीबार दिउँसो वीर अस्पताल अगाडिका औषधि पसलका टहरमा डोजर लगाएको हो। 

 केही पसलले पसल खाली गरे पनि बाँकी संरचनामाथि महानगरले डोजर चलाएको हो । 

Logo