अनसनरत डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच बिहीबार भएको दोस्रो चरणको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो भएको वार्ता निष्कर्षमा नपुगेको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । मंगलबार ८ घण्टासम्म बसेको पहिलो चरणको वार्ता पनि निष्कर्षमा पुग्न सकेको थिएन ।
डा. केसीले उठाएका कतिपय विषयवस्तु राजनीतिक तहबाटै निर्णय गर्नुपर्ने देखिएकाले थप छलफल गरिने उनको भनाई छ । डा. केसीले उठाएका सबै मागमा बुँदागत रूपमा छलफल भएको सहयोगी सुवेदीले बताए ।
भदौ २७ गतेदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका ८ बुँदे माग राख्दै डा. केसी अनसनमा बसेका हुन् । स्वास्थ्यमा थप जटिलता देखिएसँगै सेती प्रादेशिक अस्पतालबाट काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा अहिले डा केसीको उपचार भइरहेको छ ।
प्रतिक्रिया