लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना


आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ ।

बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Logo