समाज प्रदेश ३

नुवाकोटको भोर्ले खोल्सामा एक व्यक्ति मृत फेला, हत्याको आशंका

15 Shares

नुवाकोट । तादी गाउँपालिका ३ भोर्ले खोल्सामा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा २३ वर्षीय विजय कट्टेल रहेका छन् । सडकदेखि करिब १५-२० मिटर तल खेतको गरामा सोमबार बिहान उनको शव फेला परेको हो ।

बसमा सवार एक यात्रुले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । तादी गाउँपालिका २ बाह्रबिसे निवासी रामबाबु कट्टेल र दुर्गा कट्टेलका छोरा विजय शरिरमा निलडाम रहेको प्रहरीले जनाएको छ ।

उनको शरिरभर घाउँचोट रहेका कारण हत्या गरिएको आशंका गरिएको छ । उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । उनको मंगलबार पोष्टमार्टम हुनेछ ।

प्रकाशित: २ भाद्र २०७६ १९:२० सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी