चन्द्रागिरि नगरपालिकाद्वारा डेंगु रोगको निःशुल्क परीक्षण

चन्द्रागिरि नगरपालिकाद्वारा डेंगु रोगको निःशुल्क परीक्षण


चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि डेंगु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको छ । 

नगरपालिकाले प्राथमिक अस्पताल थानकोटबाट नगरवासीहरुको लागि डेंगु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको जनाएको छ । नगरपालिकाको वडा नं ४ स्थित उक्त अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेको छ ।

नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरवासीलाई डेंगु रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए । उनले नगर क्षेत्रभित्र पनि डेंगु रोगको संक्रमणको जोखिम बढ्दो रहेकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे ।

अस्पतालका प्रमुख डा. हेमनाथ आचार्यले डेंगु रोगको निःशुल्क परीक्षण तथा उपचार भइराखेको जानकारी दिए । अस्पतालमा हालसम्म जटिल प्रकारका डेंगु रोगका बिरामी भर्ना नभएको उनले बताए । 

१५ शैयाको अस्पतालले डेंगु रोग परीक्षणका लागि आवश्यक कीटको व्यवस्था नगरपालिका मार्फत मिलाएको छ ।

Logo