अमेरिकाका गोप्य दस्तावेज लिक गरेका स्नोडेनले पाउने भए रुसी नागरिकता

अमेरिकाका गोप्य दस्तावेज लिक गरेका स्नोडेनले पाउने भए रुसी नागरिकता


अमेरिकाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप खेप्दै आएका एडवर्ड स्नोडेनलाई रुसले नागरिकता दिने भएको छ । 

स्नोडेनलाई रुसको नागरिकता दिन राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशन दिइसकेको बीबीसीले जनाएको छ । स्नोडेनले सन् २०१३ मा गोप्य सरकारी दस्तावेज लिक गरेका थिए । ती दस्तावेजहरुमा अमेरिकाका गुप्तचरहरुले अन्तर्राष्ट्रियस्तरमा कसरी निगरानी गरिरहेका छन् भन्ने उल्लेख थियो । स्नोडेनलाई रुसले सन् २०२० मा स्थायी निवासको अधिकार दिएको थियो ।

Logo