दसैँमा झिलिमिली काठमाडौंका बजार [फोटोफिचर]

दसैँमा झिलिमिली काठमाडौंका बजार [फोटोफिचर]


देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गीन छन् । 

दसैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिलि बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ  । बजारमा डमी पिड, लटाईले सजिएको छ । साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिनेगरी बजारमा झिलिमिली बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिष्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सजाएका हुन् ।

दसैँ लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न सकिन्छ ।  काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैँका लागी सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ । उपत्यकाबाट दसैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । अर्कातिर यही बेला विदेशबाट दसैँ मनाउन आउनेहरू पनि छन् ।

 

Logo