वार्ता समितिमा कुरा नमिलेपछि ओली र ठाकुरबीच छलफल

वार्ता समितिमा कुरा नमिलेपछि ओली र ठाकुरबीच छलफल


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरबीच छलफल भइरहेको छ । 

चुनावी गठबन्धनका लागि (लोसपा) नेपालले गठन गरेको वार्ता समिति र नेकपा एमालेको शीर्ष नेताबीच दुई दिनसम्म चलेको वार्तामा कुरा नमिलेपछि दुई पार्टीका अध्यक्ष नै छलफलमा जुटेका हुन् । गठबन्धनको विषय टुंग्याउन अध्यक्ष ठाकुरले अध्यक्ष ओलीसँग अन्तिम छलफल गररीरहेको बताइएको छ । दुई दलबीच भएको छलफलमा एमालेले चुनावी गठबन्धनका विषयमा त्यति चासो नदेखाएको वार्तामा सहभागी एक नेताले बताएका छन् । एमालेले लोसपालाई १० सिट मात्र दिन चाहेको बताइएको छ ।

Logo