कुन देशमा कति बजे दसैंको टीका लगाउनु उत्तम ?

कुन देशमा कति बजे दसैंको टीका लगाउनु उत्तम ?


दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । 

दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
विभिन्न देशमा रहेका नेपालीलाई दसैँको टीका कति बेला लगाउने भन्ने शंका हुन सक्छ । किनभने नेपालमा दिउँसो भएको समयमा कुनै देशमा राति पनि हुन सक्छ । विजया दशमीमा टीका लगाउने सनातन धर्मावलम्बीहरूको लागि टीकाको साइत कति बेला उत्तम छ भनेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।

समितिले नेपालसँगै भारत, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्यानमार, स्वीट्जरल्याण्ड, जस्ता देशमा कहिले र कुन समयमा विजया दशमीको टीका लगाउने भनेर साइत सार्वजनिक गरेको हो ।  

 

Logo