किन जुत्ता र चप्पलले पिटिन्छ मृत किन्नरको शवलाई ? जान्नुहोस् किन्नरबारे रोचक तथ्यहरु..

किन जुत्ता र चप्पलले पिटिन्छ मृत किन्नरको शवलाई ? जान्नुहोस् किन्नरबारे रोचक तथ्यहरु..


हाम्रो समाजमा किन्नरहरूको प्रार्थना र आशीर्वादलाई धेरै शुभ मानिन्छ । 

भनिन्छ उनीहरुको प्रार्थनामा धेरै शक्ति हुन्छ । यसका साथै किन्नरहरूलाई कहिल्यै घृणा गर्नु हुँदैन पनि भनिन्छ । किनभने उनीहरूले दिएको श्रापले पनि असर गर्छ । किन्नरलाई प्रहरीले पनि छिटो कारबाही नगर्नुको कारण यही हो । विभिन्न चाडपर्व, विवाह, संगीत, ब्रतबन्ध वा बच्चा जन्माउनको लागि आशीर्वाद दिन किन्नरहरूलाई बोलाइन्छ । हाम्रो समाजमा तेस्रोलिङ्गीलाई तेस्रो दर्जा दिइएको छ । किन्नरहरूसँग सम्बन्धित यस्ता धेरै कुरा छन्, जसको बारेमा तपाईलाई थाहा नहुन सक्छ । आज हामी तपाईलाई उनीहरुको जीवनसँग जोडिएका केही रोचक तथ्यको बारेमा बताउनेछौँ।

किन्नरहरूलाई पहिले नै आफ्नो मृत्युको अनुभूति हुन्छ 
किन्नरहरूको जीवनयापनदेखि लिएर अन्त्येष्टिसम्म सबै कुरा आम मानिसभन्दा धेरै फरक हुन्छन् । भनिन्छ, उनीहरुलाई आफ्नो मृत्युको पहिल्यै जानकारी हुन्छ, जसका कारण उनीहरु त्यस समयमा कतै आउन र जान छाड्छन् । यति मात्र होइन, मृत्यु हुने समय थाहा पाएपछि खाना पनि त्याग्छन् । त्यो समयमा उनीहरूले पानी मात्र पिएर आफ्नो र अन्य किन्नरहरूको लागि भगवानसँग प्रार्थना गर्छन् कि उनीहरू अर्को जन्ममा किन्नर बन्न नपरोस् ।

किन्नरहरुको शवयात्रा राती मात्र किन निकालिन्छ ?
किन्नरहरूको प्रथा अनुसार उनीहरुको शव जलाउनुको सट्टा गाड्ने गरिन्छ । शवलाई सेतो कपडाले बेरिन्छ । यस अवधिमा शवलाई कुनै कुराले बाँधिएको हुदैन । मृतक किन्नरको आत्मालाई मुक्त गर्नको लागि यसो गरिन्छ । विश्वास गरिन्छ मृत किन्नरको शव सामान्य मानिसले देखेमा त्यो स्वर्गीय किन्नर अर्को जन्ममा पनि किन्नर बन्नेछ । यही कारण उनीहरुको अन्त्येष्टिको सबै काम राति अबेर गरिन्छ ।

किन मृत किन्नरको शवलाई जुत्ता र चप्पलले पिटिन्छ ?
मृतक किन्नरको योनीमा पुनः जन्म नहोस् भनेर किन्नर समुदायका मानिसहरूले शवयात्रा निकाल्नुअघि जुत्ता र चप्पलले मृत्त शरीरलाई पिटिने गरिन्छ । यसका लागि सबै किन्नरहरू मृत शरीरको छेउमा उभिन्छन् र मृत व्यक्तिको आत्मा मुक्तिका लागि आफ्नो पूजा गर्ने देवतालाई धन्यवाद दिन्छन् । यसपछि दान गर्ने विधि सुरु हुन्छ ।

 

Skip This
Logo