सडकको भेलले बगाउँदा बालिकाको मृत्यु, बालक बेपत्ता

सडकको भेलले बगाउँदा बालिकाको मृत्यु, बालक बेपत्ता


नुवाकोटको ककनी गाउँपालिका २ सिमटार सडकको भेलले बगाउँदा बालिकाको मृत्यु भएको छ भने बालक बेपत्ता भएका छन् ।

ककनी गाउँपालिका २ का शिवराम घिमिरेका छोरा ४ वर्षीय श्रेयान र ८ वर्षीया छोरी बेविसालाई सडकको भेलले नालीमा पु¥याएको थियो । छोरी बेबिसा बगेको ठाउँबाट २५ मिटर तल गम्भीर अवस्थामा फेलापरेपछि उपचारका लागि ग्रिनसिटी अस्पताल काठमाडौंमा लगिएकोमा साँझ चिकित्सकले मृत घोषणा गरेको थियो । श्रेयान घिमिरे हालसम्म बेपत्ता रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 

Logo