सिभिल बैंकले बोलायो नगद लाभांश लिन सेयरधनीलाई

सिभिल बैंकले बोलायो नगद लाभांश लिन सेयरधनीलाई


सिभिलले बैंकले ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ ।

कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरेरै लिन बोलाएको हो । सेयर रजिष्ट्रारको कार्यालय सिभिल क्यापिटल, मार्केट सुन्धारा काठमाडौंमा ३० दिनभित्र सम्पर्क गरेर नगद लाभांश बुझ्न बैंकले अनुरोध गरेको हो ।
 
यता, तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले उल्लेख गरेको छ । नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।

Logo